२४ जेठ २०८३, आइतबार

दैलेखका राउटे समुदायलाई लत्ता कपडा वितरण, सीडीओ भुसालसँग मागे माघीका लागि खसी

पुस २०, २०८०
काठमाडौं
दैलेखका राउटे समुदायलाई लत्ता कपडा वितरण, सीडीओ भुसालसँग मागे माघीका लागि खसी

जिल्ला प्रशासन कार्यालय दैलेखले राउटे समुदायलाई लत्ता कपडा वितरण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिमा जगेडा रहेको लत्ता कपडा बिहीवार राउटे समुदायका ४१ घरधुरीलाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भुसालको नेतृत्वमा उनीहरूलाई लत्ताकपडा वितरण गरिएको हो ।​​​​​

न्यानो कपडा पाएपछि राउटे मुखिया सूर्यनारायण शाहीले खुशी हुँदै वितरण टोलीलाई धन्यवाद दिएका सीडीओ भुसालले लोकान्तरलाई बताए ।

‘म लगायत मेरो जनता खुशी भएको छ । हामीलाई चिसोले निकै दुःख दियाँको थियो । आगो तापेर रात काट्थियौं । अब भने सुत्न पाउने भयौं,’ शाहीको भनाइ उद्धृत गर्दै भुषालले लोकान्तरसँग भने।

null

मुखिया सूर्यनारायण शाही मात्र होइन राउटे समुदायका सबै नागरिक न्यानो कपडा पाउँदा हर्षित बनेका थिए ।

'दिनमा त घाम तापेर चिसो जान्थ्यो । रातिमा त जुनले तातो लाग्दैन । आगो बालेर रात जान्थ्यो । आज भने सुत्न पाइने भयो', अर्का राउटे युवा प्रकाश शाहीले खुशी हुँदै भने ।

प्रमुख जिल्ला अधिकारी र राउटे मुखिया सूर्यनारायण केही समय गफिए । मुखियाले प्रमुख जिल्ला अधिकारीसँग माघी पर्वका लागि खसीको माग पनि राख्न भ्याएका थिए ।

उनीहरूलाई फाइबर सिरक, कम्बल, छाप्रो बनाउँदा आवश्यक पर्ने प्लास्टिकको डोरी, बाल्टिन, जग, टर्च लाइट र त्रिपाल वितरण गरिएको प्रमुख जिल्ला भुसालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्