२४ जेठ २०८३, आइतबार
सिंहदरबार-बालुवाटार मार्चपास

आफ्नै पार्टी कांग्रेस समेत सामेल सरकारविरुद्ध सडकमा उत्रियो नेविसंघ

पुस २०, २०८०
काठमाडौं
आफ्नै पार्टी कांग्रेस समेत सामेल सरकारविरुद्ध सडकमा उत्रियो नेविसंघ

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।​ 

नेविसंघ केन्द्रीय समितिको ब्यानरमा शुक्रवार सिंहदरबारबाट बालुवाटारसम्म मार्चपास निकालिएको हो ।

'राज्य आतंकविरुद्ध नेविसंघको मार्चपास' लेखिएको ब्यानरमा 'युवालाई गोली होइन, रोजगार दे' भन्ने नारा समेत उल्लेख छ ।

प्रदर्शनकारीले सुन काण्डका नाइके कहाँ छन् ? खुला वैदेशिक हस्तक्षेप बन्द गर, स्टप करप्सन लगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् । 

कोरियन भाषा परीक्षाको विषयलाई लिएको भएको आन्दोलनका क्रममा दुई युवाको मृत्यु भएयता नेविसंघले विभिन्न किसिमका आन्दोलन गर्दै आएको छ ।

हेर्नुहोस्, तस्वीरहरू :

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्