बैशाख २६, २०८१
माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन गरिएको छ ।
चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त भएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनयन गरिएको हो ।
संस्थागत कामकारबाहीमा कुनै किसिमको बाधा अड्चन नपरोस् भन्ने उद्देश्यका साथ कार्यसमिति बैठकले पदाधिकारी मनोनीत गरेको हो ।
विधानबमोजिम कार्यसमितिको दुई वर्षे कार्यकाल रहेकोमा एक वर्ष पूरा भइसकेको र एक वर्ष बाँकी रहेको अवस्थामा अधिकांश पदाधिकारी पदहरू रिक्त रहेका थिए ।
कार्यसमितिको यही पुस १९ गते सम्पन्न १३औं बैंठकले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत मनोनयन गरेको छ ।
विधान संशोधनपूर्व उपाध्याय उपाध्यक्ष, मल्ली सचिव, श्रेष्ठ सहकोषाध्यक्ष, ढकाल र प्रधान कार्यकारी सदस्य पदको जिम्मेवारीमा रहेका थिए ।
बैठकले मनोनयन गरेसँगै अध्यक्ष पवनकुमार गोल्यानले मनोनीत पदाधिकारीहरूको शपथग्रहण गराई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।
शपथग्रहणपछि वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलगायत पदाधिकारीले आफूप्रति विश्वास र भरोसा गरी सर्वसम्मत मनोनयन गरेकोमा अध्यक्ष तथा कार्यसमितिप्रति धन्यवाद दिएका थिए ।
साथै सीबीफीनले आर्जन गरेको मान प्रतिष्ठा, गरिमा र उपलब्धिहरूलाई अक्षुण्ण राख्दै थप उचाइमा पुर्याउन हरदम सक्रिय भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता थियो ।
यस्तै, बैठकले सीबीफीनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ ।
संशोधित विधानअनुसार सीबीफीनको १७ सदस्यीय कार्यसमितिमा नेपाल पूर्वाधार विकास बैंक र ‘क’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १० जना, ‘ख’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट वरिष्ठ उपाध्यक्ष र सचिवसहित ४ जना र ‘ग’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट उपाध्यक्ष र सहकोषाध्यक्षसहित ३ जना पदाधिकारी तथा सदस्य रहनेछन् ।
माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...
नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...
शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो । मं...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...