२४ जेठ २०८३, आइतबार

पशुपति क्षेत्र विकास कोषले भन्यो- भिडिओ खिच्न नपाइने भनी जारी सूचनामा संलग्नता छैन

पुस २१, २०८०
काठमाडौं
पशुपति क्षेत्र विकास कोषले भन्यो- भिडिओ खिच्न नपाइने भनी जारी सूचनामा संलग्नता छैन

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशयसहित जारी सूचनामा कोषको संलग्नता नरहेको स्पष्ट पारेको छ । कोषले सूचना जारी गर्दै कोषको नाम र लोगो प्रयोग भएकोमा पनि अहसमति जनाएको छ। 

‘लोगो प्रयोगगरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ,’ सूचनामा भनिएको छ,  ‘उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ ।’

यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राखेर व्यापारिक प्रयोजनका लागि भिडिओ खिच्न नपाइने भनेको थियो।

null

salt training

कमेन्ट गर्नुहोस्