×

NMB BANK
NIC ASIA

कार्यक्षमतामा प्रश्न

न्याय परिषद् सदस्य श्रेष्ठलाई फिर्ता बोलाउने बारको निर्णय, राजीनामा दिन दबाब

काठमाडाैं | पुस २१, २०८०

NTC
Premier Steels

नेपाल बार एसोसिएसनले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको बारको कार्यकारिणी समिति बैठकले न्याय परिषद् सदस्य श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले लोकान्तरलाई जानकारी दिए ।

Muktinath Bank

श्रेष्ठले बारको प्रतिनिधित्व गर्न नसकेको विषयमा कुरा उठेपछि उनलाई फिर्ता बोलाउने निर्णय भएको उनले बताए । 'तपाईंप्रति अब हाम्रो विश्वास रहेन भनेर निर्णय गरिएको हो', घिमिरेले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्याय परिषद् नियमावली लागू गर्न श्रेष्ठ लागि परेकाले उनीप्रति विश्वास नरहेको भन्दै निर्णय गर्न बार बाध्य भएको उनले बताए । 'न्यायपरिषद्‌ले जुन नियमवाली जारी गर्‍यो, त्यो असंवैधानिक छ भनेर हामीले पटक-पटक भन्दा पनि असंवैधानिक न्यायपरिषद् नियमावलीलाई लागू गर्न उहाँ लागि पर्नुभयो । हामीसँग सल्लाह पनि गर्नु भएन', घिमिरेले लोकान्तरसँग भने, 'हामीले सल्लाह गर्न बोलाउँदा पनि आउनुभएन । बोलाउँदासमेत उहाँ आउनु भएन । उहाँ नआएपछि तपाईं हाम्रो प्रतिनिधि रहनुभएन । तपाईंप्रति हाम्रो विश्वास रहेन भनेर लिखित निर्णय नै गर्‍यौं '


Advertisment
Nabil box
Kumari

नेपाल बारले न्यायपरिषद्‌मा पठाएको प्रतिनिधिप्रति विश्वास रहेन भनेर निर्णय गरिसकेपछि उहाँ त्यो पदमा रहन नमिल्ने उनले खुलाए ।

Vianet communication

न्याय परिषद् सदस्यलाई फिर्ता बोलाउने निर्णय नगरे पनि अब नैतिकताको आधारमा श्रेष्ठले राजीनामा गर्नुपर्ने बारकी महासचिव अन्जिता खनालले बताइन् । 'छलफलका लागि पटक-पटक बोलाउँदा पनि उहाँ आउनुभएन । म बिरामी छु भनेर मलाई मोबाइलमा म्यासेज गर्नुभयो', खनालले लोकान्तरसँग भनिन्, 'हामीले सम्पर्क गर्न खोज्दा पनि उहाँको मोबाइल स्विचअफ थियो । हामीले भेट्न सकेनौं । त्यसपछि यस्तो निर्णय गरेका हौं।'

न्यायपरिषद् नियमवालीको दफा १५५ को सन्दर्भमा बारको प्रतिनिधि भएर पनि श्रेष्ठले गलत काम गरेको बारको निष्कर्ष रहेको उनले बताइन् । 'जिल्ला अदालतबाट भएका फैसलाहरू, शुरू सदर गरेको, झगडिया झिकाउने विषयमा पनि न्याय परिषद्‌मा बोलाउने भनेर उच्च अदालतका न्यायाधीशहरूलाई बोलाउन पत्राचार गरिएको रहेछ, त्यो पनि उहाँले गलत काम गर्नुभयो भनेर हाम्रो निष्कर्ष रहेको छ', खनालले थपिन्, 'नेपाल बार, समग्र न्यायपालिकालाई असर पर्ने गतिविधि हुन्छ भने तपाईंले हामीलाई जानकारी गराउनु होला भनेर भनेका थियौं । तर हामीलाई उहाँले केही जानकारी दिनु भएन ।'

त्यत्रो न्यायाधीशको नियुक्ति हुँदा पनि बारलाई थाहा नदिएपछि त्यस्तो निर्णय गरिएको उनले खुलाइन् ।

'बारलाई पटक-पटक इग्नोर भएर उहाँले कम गरेपछि हामी बाध्य भएर उक्त निर्णय गरेका हौँ', उनले थपिन्, 'संविधानले हामीलाई तिमी फिर्ता आउ भनेर भन्ने अधिकार दिएको छैन । तर, हामीलाई अब तिमीप्रति विश्वास रहेन भन्न वा निर्णय गर्न कुनै संवैधानिक वा कानूनी अडचन छैन । तिमी अब छोडिदेऊ भनेर नैतिक दबाब दिएका हौं ।'

विगतमा पनि बाराको प्रतिनिधित्व गरेर न्याय परिषद्‌मा पुगेका उपेन्द्र केशरी, कृष्णप्रसाद सिटौलाका बारेमा बाराले यसरी नै निर्णय गर्दा उहाँहरूले नैतिकताको आधारमा राजीनामा गरेर आए जसरी श्रेष्ठले पनि राजीनामा गर्नुपर्ने बताइन् ।

यस विषयमा न्याय परिषद् सदस्य  श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x