२५ जेठ २०८३, सोमबार

तस्करी गर्न बालुवाभित्र राखिएको ठूलो परिमाणको गाँजासहित १ जना पक्राउ

पुस २१, २०८०
काठमाडौं
तस्करी गर्न बालुवाभित्र राखिएको ठूलो परिमाणको गाँजासहित १ जना पक्राउ

बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले १ हजार ६ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा रु ३० देखि ३५ हजार प्रतिकिलो बिक्री हुने गरेको छ ।

गाँजासँगै सवारीधनी टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

यसैगरी, सप्तरीको राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको रु पाँच लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एक जनालाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्