२४ जेठ २०८३, आइतबार

राष्ट्रियसभाका उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

पुस २२, २०८०
काठमाडौं
राष्ट्रियसभाका उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ । 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न बैठक आह्वान गरिएको बताए । 

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध पनि गरेको छ । 

कांग्रेसमा केन्द्रीय समितिको बैठक नियमित बस्न नसकेका बेला महत्वपूर्ण निर्णय गर्न पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्य रहने कार्यसम्पादन समितिको बैठक बस्ने गर्छ ।

बैठक शनिवारका लागि तय भएको थियो । तर, सत्ता गठबन्धनबीच शनिवार सिट बाँडफाँटमा सहमति हुन नसकेपछि बैठक आज बस्न लागेको हो ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते (सोमवार) उम्मेदवारी दर्ताको कार्य तालिका छ । त्यसैले कांग्रेस आफ्नोतर्फबाट उम्मेदवार टुंगो लगाउन जुटेको हो ।

अर्कोतिर कांग्रेससहितको सत्ता गठबन्धनमा आबद्ध दलहरूले पनि  बैठक ​राखेर आजै उम्मेदवारमा सहमति जुटाउने बताएका छन् । शनिवारकाे बैठक निष्कर्षविहीन टुंगिएको थियो ।

राष्ट्रियसभामा सर्वसहमतिको दौडबाट प्रतिपक्षी नेकपा (एमाले) भने बाहिरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्