०१ असार २०८३, सोमबार

धरानमा सालकको खपेटासहित २ जना पक्राउ

पुस २२, २०८०
सुनसरी
धरानमा सालकको खपेटासहित २ जना पक्राउ
प्रतीकात्मक तस्वीर

सुनसरीको धरान उपमहानगरपालिका ५ किसान चोकबाट ३ सय ४० ग्राम सालकको खपेटासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका - ३ का २८ वर्षीय सन्दीप राई र धरान उपमहानगरपालिका - १६ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी गाउँपालिका - ३ का २१ वर्षीय मनोज तामाङ छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो ।

साथै थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपेटा लिएको भनी खुल्न आएपछि तामाङलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्