२७ असार २०८३, शनिबार

टुटलका संस्थापक भट्टलाई रिहा गर्न अदालतको आदेश

पुस २२, २०८०
काठमाडौं
टुटलका संस्थापक भट्टलाई रिहा गर्न अदालतको आदेश
फाइल फोटो

काठमाडौं जिल्ला अदालतले टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार म्याद थपका लागि पेश गरिएको मुद्दामा हाजिरी जमानीमा राखेर मुद्दाकाे अनुसन्धान गर्न  आदेश भएको हो । 'थुनामा राख्नु पर्ने अवस्था नदेखिँदा हाजिर जमानीमा राखेर मुद्दाकाे अनुसन्धान गर्न आदेश भएको हो', पन्थीले लोकान्तरसँग भने ।

null

म्याद थपका लागि अदालतमा पेश गर्दा वरिष्ठ अधिवक्ताद्वय लवकुमार मैनाली  र सूर्यप्रसाद कोइरालाले बहस गरेपछि उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्ने आदेश भएको हो ।

प्रतिलिपि अधिकारको उल्लंघन र आपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी परेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्