२८ जेठ २०८३, बिहीबार
भागबण्डामा सकस

भागबण्डा मिलाउन मध्यरातसम्म सानेपामा बैठक

पुस २२, २०८०
काठमाडौं
भागबण्डा मिलाउन मध्यरातसम्म सानेपामा बैठक

राष्ट्रियसभाको १० सिटमा भागबण्डा मिलाउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक आइतबार मध्यरातसम्म बसेको छ । यद्यपि राति ११ बजे यो समाचार तया पार्दासम्म नेता कृष्ण सिटौलाको बाहेक अरुको टिकट टुंगो लागेको छैन । 

सिटौला भने पार्टी सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित टिकट बोकेर आइतबार साँझ नै स्थलमार्गबाट विराटनगरतर्फ प्रस्थान गरेका छन् । उनले राष्ट्रियसभामा कोशी प्रदेशाट सोमबार मनोनयन दर्ता गराउने कार्यक्रम छ । 

कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच सिट संख्यामा विवाद छ भने दुबै पक्षमा को उम्मेदवार बन्ने भन्नेमा पनि उस्तै विवाद छ । विवादका विषयमा समझदारी गर्दै सहमति जुटाउने प्रयास जारी रहेको नेताहरुको भनाइ छ । 

अहिले भागबण्डामा असन्तुष्ट बन्दै पार्टी कार्यालय सानेपास्थित बैठकस्थलबाट बाहिरिएका कांग्रेस नेता शेखर कोइराला फेरि फर्किएका छन् ।  सहमहामन्त्री डीना उपाध्याय र त्यसपछि नेता रमेश लेखकले समेत फोन गरेसँगै उनी फर्किएका हुन् । 

कोइराला पक्षले ४ सिट मागेको तर संस्थापन पक्षले ४ सिट दिन नसकिने बताएपछि जंगिँदै कोइराला बैठक स्थलबाट बाहिरिएका थिए। फेरि कोइराला फर्किएसँगै नेताहरु छुट्टाछुट्टै छलफलमा छन् । आन्तरिक छलफलपछि बोर्डको बैठक बसेर ठोस निर्णय गर्ने कांग्रेसको तयारी छ । 

कांग्रेस नेता अर्जुन नरसिंह केसीले सहमति जुटाउन प्रयास जारी रहेको बताए । उनले अझै पनि बोर्डको बैठक बस्न नसकेको भन्दै बैठकले केन्द्रीय समिति बैठकको मर्मअनुसार निर्णय गर्नुपर्ने बताए । केन्द्रीय समितिले अवसर नपाएका र नयाँ अनुहारलाई समेट्ने निर्णय गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्