
राष्ट्रियसभा सदस्यको उम्मेदवारमा कांग्रेसबाट जीतजंग बस्नेतले टिकट बाजी मारेका छन् । उनी तरुण दलका पूर्वअध्यक्ष हुन् भने हाल केन्द्रीय सदस्य छन् ।
अन्य क्लस्टरबाट उम्मेदवारी दिन टिकट पाएका उनी अर्का दाबेदार सबुज बानियालाई पाखा लगाउँदै उम्मेदवार बनेका हुन् । यस्तै बागमतीबाटै विष्णुदेवी पुडासैनी महिला क्लस्टरबाट उम्मेदवार बनेकी छन् । बागमतीमा कांग्रेसले गठबन्धनबाट २ सिट पाएको छ ।