
चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल राम छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रहरीले जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेका थिए ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।