०२ साउन २०८३, शनिबार

मनोनयन दर्ता गर्न गएका एमाले उम्मेदवारको मतदाता नामावलीमा नामै नभेटिएपछि...

पुस २३, २०८०
काठमाडौं
मनोनयन दर्ता गर्न गएका एमाले उम्मेदवारको मतदाता नामावलीमा नामै नभेटिएपछि...

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशबाट नेकपा एमालेका उम्मेदवार अर्जुन सिंह मतदाता नामावलीमै नाम नभेटिएपछि उम्मेदवारी नै दर्ता नै नगराई फर्किएका छन् । महोत्तरीको फुलहट्टा तथा धनुषाको जनकपुरमा समेत घर रहेका सिंहको मतदाता नामावलीमा नाम नभेटिएपछि उम्मेदवारी मनोनयन नभएको एमाले नेता राजकिशोर यादवले बताए ।

सिंह कुपन्डोलस्थित जनकपुर इन्जिनियर कलेजका सञ्चालक हुन् । उनले उम्मेदवारी दर्ता गर्न नपाएपछि अब उनको ठाउँमा कुमारी विजेता उम्मेदवार बन्ने भएकी हुन् । 

उहाँले भक्तपुरबाट नागरिकता पाउनुभएको थियो । घर महोत्तरी भए पनि मतदाता नामावली भने भेटिएन,' यादवले लोकान्तरसँग भने, 'अब अर्जुन सिंहको साटो कुमारी विजेता हाम्रो उम्मेदवार बन्नुभएको छ । अब उनको उम्मेदवारी मनोनयन हुन्छ ।' 

कुमारी विजेता यसअघि नेपाली कांग्रेसको धनुषा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि भए पनि २०७९ सालको स्थानीय तहको चुनावमा कांग्रेसले उपमेयरको टिकट नदिएपछि उनी एमालेमा प्रवेश गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्