३० असार २०८३, मंगलबार

कोशीका नेतालाई शेखर-विश्वप्रकाशको ब्रिफिङ - सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्नेमा ढुक्क हुनुस्

पुस २३, २०८०
विराटनगर
कोशीका नेतालाई शेखर-विश्वप्रकाशको ब्रिफिङ - सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्नेमा ढुक्क हुनुस्

कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि उम्मेदवार बनाइएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् ।

सिटौलाको मनोनयन दर्ता गर्नु पछाडि कांग्रेस कोशी प्रदेश समितिको कार्यालयमा गठबन्धनका नेताहरूबीच छलफल भएको थियो । छलफलमा कांग्रेसका डा. नेता शेखर कोइराला र महामन्त्री विश्वप्रकास शर्मा पनि सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति  भइसकेको नेता शखेर कोइरालाले बताएका बैठकमा सहभागी एक नेताले भने ।

‘गत चुनावमा हारेको मान्छे उठाउन हुँदैन भन्ने पक्षमा हामी थियौं, तर उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिकाका कारण अहिले हाम्रो विमति छैन’, कोइरालाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

साथै बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने बताएका थिए ।

उक्त छलफलमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरू सहभागी भएका थिए ।

मनोनयन दर्ता गर्न जाँदा सिटौला र चम्पा कार्कीसँगै पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्