२१ असार २०८३, आइतबार

अवरुद्ध हुँदै आएको जलविद्युत् सेवा सञ्चालन

कात्तिक २०, २०७४
अवरुद्ध हुँदै आएको जलविद्युत् सेवा सञ्चालन
hydro
गुल्मी, १७ असोज- गुल्मीको परोपकार सहकारी जलविद्युत् परियोजनाको अवरुद्ध हुँदै आएको लघु जलविद्युत् सेवा सञ्चालन भएको छ ।

परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिद्वारा सञ्चालित उक्त परियोजनाको करिब २० मिटर नहरको पर्खाल मर्मत भएपछि विद्युत् सेवा पुनः सञ्चालन गरिएको व्यवस्थापक चन्द्र घर्तीले जानकारी दिनुभयो । गत दुई हप्ता अगाडि अविरल वर्षासँगै मुसिकोट नगरपालिका–७ को बसेरीस्थित माथिबाट खसेको पहिराले विद्युत् नहरको पर्खाल बगाएपछि विद्युत् सेवा सञ्चालन भएको एक हप्तामै फेरि अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले बताउनुभयो ।

विद्युत् सेवा सञ्चालन भएसँगै मुनपा वडा नं १, २, र ८ गरी तीनवटा वडाका झण्डै एक हजार २०० घरधुरीका बासिन्दा लामो समयपछि बिजुली बाल्न पाउँदा र उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चार उपकरण लगायत विद्युतीय यन्त्रसमेत सञ्चालन हुन थालेपछि खुशी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्