२९ असार २०८३, सोमबार

सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

पुस २४, २०८०
काठमाडौं
सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

अमेरिकाको टेक्सस बस्ने विजयराज भट्टराईको सहयोगमा सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ ।  भट्टराईको सहयोगमा सप्तरीको कञ्चनरूप नगरपालिका-१२ रूपनगरस्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा पुस्तकालय स्थापना हुन लागेको हो । 

उनले 'सर्वोदय फाउण्डेसन नेपाल'मार्फत् पुस्तकालय स्थापनाका लागि सहयोग गर्न लागेका हुन् । फाउण्डेसनमार्फत् भट्टराईले झण्डै १३ लाख रुपैयाँ सहयोग गर्न लागेको क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले जानकारी दिए । 

भट्टराईले पुस्तकालय सञ्चालनका लागि दुई वर्षसम्म निरन्तर सहयोगसमेत गर्ने उनले बताए । 'रूपनगर सर्वोदय पुस्तकालय' नाम रहने पुस्तकालय अपराह्न ३ घण्टा सार्वजनिक उपयोगका लागि खोलिनेछ ।

प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागूगरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्थासमेत हुनेछ । सदस्य नबनेकाले पनि पुस्तकालय प्रयोग गर्न पाउने छन् । 

उनका अनुसार पुस्तकालयका लागि फर्निचर बनाउने, पुस्तक सङ्कलन गर्नेलगायत काम भैराखेको छ । नयाँ वर्ष २०८१ को अवसरमा उद्घाटन गर्ने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्