०७ साउन २०८३, बिहीबार

कोशीमा सभामुख चयनका विषयमा दलहरूको छलफल, आजै चुनाव गर्ने सहमति

पुस २४, २०८०
काठमाडौं
कोशीमा सभामुख चयनका विषयमा दलहरूको छलफल, आजै चुनाव गर्ने सहमति

कोशी प्रदेशमा सभामुखको चयनका विषयमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा छन् । प्रदेशसभा सचिवालयमा बिहानैदेखि प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको हो ।

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भर्खरै सकिएको छ । 

प्रमुख विपक्षी नेकपा (एमाले)को बैठक पनि जारी छ । कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए । 

राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ । दलको मंगलबार बिहान बसेको बैठकले निर्णय गरेको एक सांसदले बताए । उम्मेदवार टुंग्याएको भए पनि कार्यसूची सार्वजनिक नभएसम्म सार्वजनिक नगर्ने उनले बताए । 

बैठकमा राप्रपा प्रदेश समिति सभापति राम थापासहित पदाधिकारसमेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ । राप्रपाले सभाखमा अम्बर विष्टलाई अगाडि सार्ने बुझिएको छ।

एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आज बस्ने संसद् बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक पनि बसिरहेको छ ।

कार्यव्यवस्था समिति बैठकमा आजै चुनाव गर्ने सहमति भएकाे छ । आजै चुनाव गर्ने सहमति भएकाे उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्