
एनएमबि बैंकले विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
साना तथा मझौला उद्यम एवं लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्य संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका, व्यवसायको वृद्धि, दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढीको सहभागिता रहेको थियो ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।