०४ साउन २०८३, सोमबार

कानून पढाउने कलेजका अध्यक्ष आफ्नै छोरासहितको समूहबाट कुटिए, बोल्न नसक्ने गरी टाउकोमा चोट

पुस २४, २०८०
काठमाडौं
कानून पढाउने कलेजका अध्यक्ष आफ्नै छोरासहितको समूहबाट कुटिए, बोल्न नसक्ने गरी टाउकोमा चोट

काठमाडौंको बिजुलीबजारस्थित चक्रवर्ती एजुकेसन एकेडेमीका सञ्चालक आफ्नै छोरासहितकाे समूहबाट कुटिएका छन् ।

कानून पढाई हुने निजी क्षेत्रको उक्तका कलेजका अध्यक्ष देवेन्द्र भण्डारी आफ्नै छोरा निरज भण्डारीसहितको समूहबाट कुटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

टाउकोमा चोट लागेका भण्डारीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनी बोल्न नसक्ने अवस्थामा छन् ।

छोरा निरजसहितको समूहले अध्यक्ष भण्डारीलाई कलेज प्रवेशमै रोक लगाएको थियो । सोही विषयलाई लिएर झगडा भएको हो । ६८ वर्षका देवेन्द्रको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनलाई सिभिल अस्पतालबाट नर्भिक अस्पताल रिफर गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा २४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका घर भएका २७ वर्षीय धिर्खबहादुर रोकाया, काठमाडौंको चक्रपथ घर भएका २५ वर्षीय अभिनक सिंह राठोर र इटहरी उपमहानगरपालिका घर भएका क्षितिज कोइराला छन् । 

यस्तै खोटाङ तोलचुनका अमरबहादुर बिक, उदयपुर कटारीका जीवन भुजेल, ललितपुर गोदावरीका केशव देशार, सल्यान बागचौरका रिजन केसी र मकवानपुर हेटौंडाका भीमलाल वाइबा पनि पक्राउ परेका छन् । 

घटनामा संलग्नताको आरोपमा प्रहरीले मकवानपुरका २७ वर्षीय मनिष थिङ, ललितपुरका रजित व्यञ्जनकार र सञ्जय महर्जन तथा काभ्रेका भीमबहादुर तामाङलगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्