१० साउन २०८३, आइतबार

महाधिवेशनमा होमियो नागरिक उन्मुक्ति पार्टी, नेतृत्वमा आउने रेशम चौधरीको तयारी

पुस २६, २०८०
काठमाडौं
महाधिवेशनमा होमियो नागरिक उन्मुक्ति पार्टी, नेतृत्वमा आउने रेशम चौधरीको तयारी

 नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन बिहीबारदेखि कैलालीको टीकापुरमा सुरु हुन लागेको हो । महाधिवेशनका लागि गर्नुपर्ने आवश्यक सबै तयारी पुरा भइसकेको सो पार्टीले जनाएको छ । 

शनिबारसम्म चल्ने महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछ । 

महाधिवेशनबाट सो पार्टीको संरक्षक समेत रहेका रेशम  चौधरी नेतृत्वमा आउने तयारीमा छन् । अहिले अध्यक्षको रुपमा रञ्जिता श्रेष्ठ रहेकी छन् । 

 महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । 

०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी जेलमा भएकै बेला स्थापित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्