कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले वडाध्यक्ष खड्का मृत भेटिएको बताए ।
भीमदत्त–६ ऐठपुरस्थित सडकमा गएराति उनी मृत भेटिएका हुन् । उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुन सक्ने थापाले बताए ।
'बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ,' प्रहरी उपरीक्षक थापाले भने, 'रातिको समयमा घटना भएको देखियो ।' उनले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताP .
'प्राम्भिक अवस्था हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ,' प्रहरी उपरीक्षक थापाले भने, 'घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।'
बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी थिए ।