
नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
क्यानको निलम्बनसँगै अब उनले घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि क्रिकेट खेल्न पाउने छैनन् । यसअघि उनी आफैंले नेपाली राष्ट्रिय टोलीबाट अलग भएको घोषणा गरेका थिए ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । हिजो गरिएको सजाय निर्धारणमा उनलाई ८ वर्ष कैदसहित ५ लाख जरीवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ ।
