२१ जेठ २०८३, बिहीबार

हसिना बङ्गलादेशकी नयाँ प्रधानमन्त्री नियुक्त, लगातार चौथो कार्यकाल

पुस २६, २०८०
काठमाडौं
हसिना बङ्गलादेशकी नयाँ प्रधानमन्त्री नियुक्त, लगातार चौथो कार्यकाल

ढाका– बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधवार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । 

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

उनको यो लगातार चौथो कार्यकाल हो । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ । 

आइतवार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उनले पार्टीका अन्य सांसद्सहित बुधवार सांसद् पदको सपथ लिएकी थिइन् । 

निर्वाचन आयोगले मङ्गलवार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उनको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्