२१ जेठ २०८३, बिहीबार

५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड विप्रेषण नेपाल भित्रियो

पुस २६, २०८०
काठमाडौं
५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड विप्रेषण नेपाल भित्रियो

चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) स्वदेश भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख चार हजार ३७ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः दुई लाख ३६ हजार सात सय ७९ र एक लाख १५ हजार नौ सय ४८ थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव तीन प्रतिशतले वृद्धि भई ६ खर्ब ६९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव छ प्रतिशतले बढेको थियो  । 
 

salt training

कमेन्ट गर्नुहोस्