२१ जेठ २०८३, बिहीबार

भिजिट भिसालाई सहज र व्यवस्थित बनाइने

पुस २६, २०८०
काठमाडौं
भिजिट भिसालाई सहज र व्यवस्थित बनाइने

 भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ । बिहीबार गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित श्रममन्त्री, परराष्ट्र, शिक्षा, श्रम सचिव र सम्बद्ध  पदाधिकारीको बैठकमा यसबारे छलफल भएको हो। 

बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक ठानेको र प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालेको छ।

बैठकमा प्राप्त सुझाव सहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्रीले अध्यागमन विभागलाई निर्देशन समेत गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्