३० जेठ २०८३, शनिबार

मिस युनिभर्स नेपालको आयोजक हेरफेर

पुस २७, २०८०
काठमाडौं
मिस युनिभर्स नेपालको आयोजक हेरफेर

सौन्दर्य प्रतियोगीता मिस युनिभर्स नेपालको आयोजक परिवर्तन भएको छ । 

यसपटकबाट यो प्रतियोगीतालाई नयाँ आयोजक ग्लोबल ग्ल्यामर भेन्चर प्रा.लीले आयोजना गर्नेछ । ​

बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसपटकबाट आफूले मिस युनिभर्स आयोजना गर्ने ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी गराएको हो ।

जसअनुसार मिस युनिभर्स नेपाल–२०२४ को राष्ट्रिय निर्देशकमा संगीता पुरी, अध्यक्षमा आलोक क्षेत्री र सीईओमा सबी पुरी छन् । 

मिस युनिभर्स २०२४ को ग्रान्ड फिनाले मेक्सिकोमा हुनेछ । जसमा नेपालको पनि सहभागिता रहनेछ ।

मिस युनिभर्स प्रतियोगीताका लागि नेपालको तर्फबाट प्रतिनिधि छनोट गरेर प्रतिस्पर्धामा पठाइनेछ । यसका लागि आगामी अप्रिलबाट आवेदन खुलाइनेछ । सेप्टेम्बरमा विजेता घोषणा गरिनेछ ।

विजेताले मिस युनिभर्स २०२४ का लागि नोभेम्बरमा​ मेक्सिकोमा हुने फिनालेमा प्रतिस्पर्धा गर्नुपर्नेछ । 

पत्रकार सम्मेलनमा मिस युनिभर्स वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्ला र अन्तराष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेज पनि सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्