२९ असार २०८३, सोमबार

दाङ बस दुर्घटना: घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

पुस २८, २०८०
काठमाडौं
दाङ बस दुर्घटना: घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङमा भएको बस दुर्टनाप्रति दु:ख व्यक्त गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले दुर्घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले  उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन् । 

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको ज्यान गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्