११ साउन २०८३, सोमबार

सहमति नभएपछि नागरिक उन्मुक्तिमा २ महासचिव

पुस २८, २०८०
काठमाडौं
सहमति नभएपछि नागरिक उन्मुक्तिमा २ महासचिव

नागरिक उन्मुक्ति पार्टीमा सहमति जुट्न नसक्दा दुई जनालाई महासचिव बनाइएको छ ।

कैलालीको टीकापुरमा भएको महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहितका पदमा सर्वसम्मत गरेको थियो । तर महासचिवमा कुरा मिल्न नसकेपछि  दुई जनालाई जिम्मेवारी दिइएको छ ।

विधान शंसोधन गरेर दुई जना कायम राख्ने सहमतिपछि कैलालीका गंगाराम थारू र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित घोषणा गरिएको नागरिक उन्मुक्तिले जनाएको छ । 

२७ पदाधिकारी र २४५ सदस्यीय केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् ।

तर प्रदेशतर्फ अझै लुम्बिनी र बागमतीमा उपाध्यक्ष चयन हुन बाँकी रहेको नेताहरू बताएका छन् ।

अध्यक्षमा पार्टीका संरक्षक रेशम चौधरी शुक्रवार सर्वसम्मत भएका थिए ।  चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्ष भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्