
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा जारी छ ।
विधान मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल गर्न माओवादीको बैठक बसिरहेको हो ।
यो मस्यौदालाई पारित गरेर पार्टीको कमिटीमा एक महिना छलफल गर्ने तयारी माओवादीको छ ।
बैठक अघि पदाधिकारीको बैठक बसेको थियो ।
माओवादीमा कार्यविभाजनको विषयमा पनि छलफल हुने बताइएको छ ।