
बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान बुर्तिवाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्ती मगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।
दुर्घटनामा नौ जना घाइते भएका छन् ।
जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।