०६ साउन २०८३, बुधबार

हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिन्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

पुस २८, २०८०
काठमाडौं
हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिन्छौं : उपप्रधानमन्त्री श्रेष्ठ
फाइल फोटो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याएको हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल हस्तकला महासङ्घको ४३औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने बताए । साथै सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने उनले प्रतिबद्धता जनाए ।

मुलुकको तीव्र आर्थिक विकास नै आजको प्रमुख कार्य रहेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार यसका निम्ति क्रियाशील रहेको बताए । सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको उनको भनाइ थियो ।

‘विकास र आर्थिक क्रियाकलापलाई केन्द्रमा राखिएको छ, सुशासनलाई त्यसको पूर्वसर्त बनाइएको छ’, उनले भने, ‘सुशासनविना परिणाम दिन सकिँदैन, सरकार त्यसप्रति सचेत छ ।’

salt training

कमेन्ट गर्नुहोस्