१४ असार २०८३, आइतबार

चीनको कोइलाखानीमा दुर्घटनाः कम्तीमा १० जनाको मृत्यु, ६ जना बेपत्ता

पुस २९, २०८०
काठमाडौं
चीनको कोइलाखानीमा दुर्घटनाः कम्तीमा १० जनाको मृत्यु, ६ जना बेपत्ता

बेइजिङ–चीनको हेनान प्रान्तस्थित कोइलाखानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमले शनिवार जनाएका छन् । 

दुर्घटना कोइलाखानीमा ग्याँस विस्फोटको कारण भएकोे र खोजी तथा उद्धार कार्य जारी रहेको सीसीटीभीले जनाएको छ ।

चिनियाँ समाचार संस्था  सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको छ ।

खानीको जिम्मा लिनेहरूलाई अधिकारीहरूले हिरासतमा लिएको सिन्ह्वाले जनाएको छ ।

चीनमा खानी सुरक्षा पछिल्लो दशकहरूमा सुधार भएको बताउने गरिएको छ । 

यद्यपि, कमजोर सुरक्षा व्यवस्थाका कारण उद्योगमा दुर्घटनाहरू अझै भइरहन्छन् ।

आधिकारिक तथ्याङ्कअनुसार २०२२ मा १६८ दुर्घटनामा २४५ जनाको मृत्यु भएको थियो ।

गत महिना उत्तरपूर्वी हेइलोङजियाङ प्रान्तको जिक्सी शहरको बाहिरी भागमा भएको खानी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

नोभेम्बरमा सोही प्रान्तको अर्को कोइलाखानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।

यसैगरी, सेप्टेम्बरमा, दक्षिणपश्चिम चीनको कुइझोउ प्रान्तमा कोइलाखानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्