२६ असार २०८३, शुक्रबार

सबै दलबीच सहकार्य आवश्यक - डा शशांक

कात्तिक २०, २०७४
सबै दलबीच सहकार्य आवश्यक - डा शशांक

 


नवलपरासी, १८ असोज (रासस) - नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

नवलपरासीको देवचुलीमा नेपाली काँग्रेस देवचुली नगरकार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गर्नुभयो । 

सोही अवसरमा बोल्दै महामन्त्री कोइरालाले यसका लागि आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्