१० साउन २०८३, आइतबार

५ महिनामा भित्रियो ४ अर्ब विदेशी लगानी

माघ १, २०८०
काठमाडौं
५ महिनामा भित्रियो ४ अर्ब विदेशी लगानी

मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि  अनुकूल  वातावरणसँगै  नीतिगत  सुधार  पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल  राष्ट्र  बैङ्कको  तथ्याङ्कले  देखाएको  छ ।

चालुु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु  आवको  साउनदेखि  मङ्सिर  महिनासम्म  तीन  अर्ब  ९२  करोड  रुपियाँ  विदेशी  लगानी  भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो ।

 चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो । लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्