२७ जेठ २०८३, बुधबार

‘महाजात्रा’ फिल्मको ‘आहा क्या राम्रो’ गीत सार्वजनिक

माघ १, २०८०
काठमाडौं
‘महाजात्रा’ फिल्मको ‘आहा क्या राम्रो’ गीत सार्वजनिक

प्रदिप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म ‘महाजात्रा’मा समावेश ‘आहा क्या राम्रो’ बोलको गीत सार्वजनिक गरिएको छ । 

आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको गीथमा एक नारायण भण्डारीको शब्द र आशिष अविरलकै संगीत छ ।

यसको भिडियोमा अतिथि कलाकारद्वय अरुण क्षेत्री र आश्मा विश्वकर्माले नृत्य गरेका छन् । यस्तै, भिडियोमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा र रवीन्द्र सिंह बानियाँ पनि प्रस्तुत छन् । फिल्मका शीर्ष कलाकार हरिवंश आचार्य भने भिडियोमा देखिएका छैनन् । 

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चैत ९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा राजाराम पौडेल, अर्जुन जंग शाही, शिशिर बाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा लगायतका कलाकारको पनि अभिनय छ । 

फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । रवीन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मित्र डि. गुरुङको सम्पादन छ ।

फिल्मलाई निर्माण घोषणादेखि नै प्रतीक्षित रुपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्