
काठमाडौं, १८ भदौ – चलचित्र ‘झ्यानाकुटी’ को गीती भिडियो सार्वजनिक भएको छ । स्टार नायक सौगात मल्ल र बेनिशा हमाल फिचरिङकमा रहेको गीतको भिडियो लोक शैलीमा छ ।
‘तिमीलाई सानी’ बोलको गीतमा सनिश सुनुवारको शब्द र संगीत रहेको छ भने धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर छ । चलचित्रलाई अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् ।
आउँदो मंसिर १ मा रिलिज हुने चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।