
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा ८ जना घाइते भएका छन् ।
टुँडिखेलमा माघे संक्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।
‘आज टुँडिखेलमा ठूलो सङ्ख्यामा थारू र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन्’, ढुङ्गेलले भने ।
घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ ।
महोत्सवमा स्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।