०७ साउन २०८३, बिहीबार

टुँडिखेलको भीडमा च्यापिएर घाइते हुनेकाे संख्या १६ पुग्यो

माघ १, २०८०
काठमाडौं
टुँडिखेलको भीडमा च्यापिएर घाइते हुनेकाे संख्या १६ पुग्यो

माघे संक्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमको भीडभाडमा च्यापिएर १६ जना घाइते भएका छन् ।

मगर र थारू समुदायले आयोजना गरेको फरक-फरक कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधारण अत्यधिक भीडभाडमा च्यापिएर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते भएकाहरूलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमुध ढुंगेलका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

घाइतेहरूको विवरण यस्तो छ:

१. खोटाङको हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने  १२ वर्षीया तिर्सना मगर (टाउकोमा चोट बोल्न सक्ने) 

२. सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने १२ वर्षीया अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने) 

३. धादिङको गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौंको फुटुङ बस्ने १९ वर्षीया रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।

४. धनकुटा घर भई हाल ललितपुर जिल्ला चाँकुपाट बस्ने १६ वर्षीया निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने) ।

५. बर्दियाको राधापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३० वर्षीया रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने) ।

६. प्युठानको खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौंको फुटुङ बस्ने १६ वर्षीया अनिसा केसी (दाहिने हातमा चोट बोल्न सक्ने) ।

७. कैलालीको भजनिया नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैँसेपाटी बस्ने वर्ष २५ वर्षीया कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने) ।

८. सुनसरीको धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको  वनस्थली बस्ने वर्ष २२ वर्षीया मन्दिरा बस्नेत (बायाँ खुट्टा र कानमा चोट बोल्न सक्ने) ।

९. ललितपुरको ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने ४० वर्षीया मीना थापा (बेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने) ।

१०. कैलालीको घोडाघोडी गाउँपालिका घर भई काठमाडौको सीतापाइला  बस्ने १९ वर्षीया रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।

११. रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढामगर (बायाँ खुट्टामा चोट बोल्न सक्ने) । 

१२. पाल्पाको तानसेन नगरपालिका वडा नं. १४ घर भई काठमाडौंको लैनचौर बस्ने २५ वर्षीया निशा राना थापा दुवै खुट्टामा सामान्य चोट बोल्न सक्ने ।

१३. संखुवासभाको म्यादी नगरपालिका ०४ घर भई काठमाडौंको मनमैजु बस्ने २२ वर्षीया निर्मला श्रेष्ठ (निधार, बायाँ कुम र दुवै खुट्टामा चोट बोल्न सक्ने) ।

१४. ललितपुरको ललितपुर महानगरपालिका वडा नं. २२ पाटन बस्ने २७ वर्षीया रश्मी नेपाल (बायाँ गालामा चोट अबस्था बोल्न सक्ने )।

१५. गोरखाको आरुघाट गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौंको चौमती बस्ने ११ वर्षीया युनिका बराल (सामान्य घाइते )।

१६. उदयपुरको रौतामाई गाउँपालिका ०८ घर भई हाल काठमाडौंको मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगर (अनुहार र ढाडमा चोट बोल्न सक्ने )।

salt training

कमेन्ट गर्नुहोस्