२७ जेठ २०८३, बुधबार

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघे संक्रान्ति

माघ १, २०८०
नुवाकोट
नुवाकोटमा गोरु जुधाएर मनाइयो माघे संक्रान्ति

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्वका मनाइएको छ ।

गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो ।

गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका ३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका १० स्थित रसुवाको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाइएको छ ।

पञ्चकन्या गाउँपालिका ३ पीपलडाँडामा आठहल र शिवपुरी गाउँपालिका ५ शेराबगरमा चारहल गोरु जुधाएर माघेसङ्क्रान्ति पर्व मनाउने नुवाकोटको फरक शैलीलाई निरन्तरता दिइएको हो ।

शिवपुरी गाउँपालिका ५ शेराबगरमा आयोजित गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विकासका लागि किसानलाई प्रेरणा गर्ने कार्यक्रमलाई राज्यले प्राथमिकता दिएको बताए । उनका अनुसार किसानलाई अनुदानमार्फत सक्षम बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याइएको छ ।

‘किसानले नेतृत्व गरेको गोरु जुधाइलाई समय सान्दर्भिक बनाउन सरकारीस्तरबाट सहयोग हुन्छ’, उनले भने, ‘पर्व, संस्कृति र प्रतियोगिताले अर्थतन्त्र बलियो बनाउन र विकासको सूचाङ्क बढाउन केन्द्रित गराउनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्