१३ असार २०८३, शनिबार

लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार

माघ १, २०८०
काठमाडौं
लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार

ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

लुगा सुकाउने क्रममा २८ वर्षीय नूतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले  इनारभित्र खसेकी प्रधानको सकुशल उद्धार  गरिएको जानकारी दिए । 

प्रधानलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरी उपरीक्षक कार्कीका अनुसार महिलाको शरीरमा सामान्य घाउ चोट लागेको भए पनि अवस्था सामान्य रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्