२८ जेठ २०८३, बिहीबार

उँटनीको दूधको चकलेट भारतीय बजारमा

कात्तिक २०, २०७४
उँटनीको दूधको चकलेट भारतीय बजारमा

काठमाडौं, १८ असोज — भारतको अमूल कम्पनीले दीपावलीको अवसरमा उँटनीको दूधबाट बनेको चकलेट बजारमा ल्याउने भएको छ ।


गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडरेसनले अमूल ब्रान्डको मार्केटिङ गर्छ र उसले उँटनीको दूधबाट बनेको चकलेट ल्याउने पुष्टि गरेको हो ।

यसलाई अमूल क्यामल मिल्क चकलेट्स नाम दिइएको छ ।

प्रतिमहिना एक हजार टन चकलेट उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ । शुरुमा दुई लाखवटा पसलबाट यो चकलेट बजारमा उपलब्ध गराइने कम्पनीका म्यानेजिङ डाइरेक्टर आरएस सोढीले बताए ।

नेपालमा पनि यो चकलेट भित्रिनसक्ने भारतीयहरूको अनुमान छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्