०४ असार २०८३, बिहीबार

साढे दुई वर्षपछि आफ्नै निवासमा सरे देउवा

माघ ३, २०८०
काठमाडौं
साढे दुई वर्षपछि आफ्नै निवासमा सरे देउवा
फाइल फोटो

​​​कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा साढे दुई वर्षपछि फेरि आफ्नै निजी निवासमा सरेका छन् ।

२०७८ असार २९ ग ते प्रधानमन्त्री भएपछि २०७९ पुस १० सम्म प्रधानमन्त्री निवास बालुवाटारमा र त्यसपछि एक वर्ष भाडाको घरमा बसेपछि देउवा आफ्नै निजी निवासमा सरेका हुन् । 

प्रधानमन्त्रीबाट हटेपछि बूढानीलकण्ठबाट धुम्बाराहीमा भाडाको घरमा बस्दै आएका थिए ।

तर बुधवार बिहान साढे ११ बूढानीलकण्ठस्थित आफ्नै निवासमा सरेको जानकारी उनका प्रेस संयोजक गोविन्द परियारले दिए । 

‘अघिल्लो वर्ष प्रधानमन्त्रीबाट हटेलगत्तै सभापतिजी बालुवाटारबाट धुम्बाराहीस्थित भाडाको घरमा बस्नुभएको थियो’, परियारले लोकान्तरसँग भने, ‘घर मर्मत सकिएपछि बुधबार बिहान साढे ११ बजे सभापति र उहाँको परिवार बूढानीलकण्ठ निवासमा सरेको हो । अब उहाँहरू नियमित बूढानीलकण्ठमै बस्नुहुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्