१४ असार २०८३, आइतबार

गौशाला - २६ को फोटो सार्वजनिक गरेको आरोपमा १ जना पक्राउ

माघ ३, २०८०
काठमाडौं
गौशाला - २६ को फोटो सार्वजनिक गरेको आरोपमा १ जना पक्राउ

गौशाला २६ को फोटो सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाका केशरमान राई छन् ।

उनलाई साइबर ब्यूरोको टोलीले संखुवासभाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । 

ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार उनले सामाजिक सञ्जाल फेसबूक र युट्युबमा जथाभाबी बोलेर गौशाला २६ को फोटो सार्वजनिक गरेका थिए ।

‘उसलाई संखुवासभाबाट पक्राउ गरेर ल्याएका हौं । उनले सामाजिक सञ्जाल फेसबूक र युट्युबमा पोष्ट गरेको छ’, इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने ।

उनलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ​उनीविरुद्ध विद्युतीय अपराध ऐन अनुसारको कसुरमा अनुसन्धान गर्न म्याद थप गरिएको हो ।​

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी दिएकी पीडित गौशाला– २६ (परिवर्तित नाम)ले आफ्ना तस्वीर सामाजिक सञ्जालमा हाल्नेविरुद्ध ​गत पुस २६ गते ब्यूरोमा उजुरी दिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्