
भारी हिमपात र वर्षाको सामना गर्नुपरेको जर्मनीमा कडा जाडो मौसमका कारण मुलुकको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट विमानस्थालमा बुधबार सयौँ उडान रद्द गर्नुपरेको छ ।
फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका अनुसार जर्मनीको व्यापारिक राजधानी नाटकीय मौसमको अवस्थाका लागि तयार रहेकाले बिहान ढिलोसम्म एक हजार ४७ उडानमध्ये पाँच सय ७० उडानलाई तालिकाबाट हटाइएको थियो ।
दिउँसोसम्म वर्षाको सुरुआतका कारण बाँकी सबै प्रस्थान निर्धारित तालिकाबाट प्रभावित भएको तर अवतरण अझै पनि सम्भव भएको अर्का प्रवक्ताले बताए । अवरोध कहिलेसम्म जारी रहन्छ भन्नेबारे तत्काल स्पष्ट भएको छैन ।
म्युनिख विमानस्थलले पनि खराब मौसमका कारण ‘उडान सेवामा महत्त्वपूर्ण प्रतिबन्ध’ को सूचना दिएको छ । त्यहाँ छ सय ५० निर्धारित उडानमध्ये दुई सय ५० लाई रद्द गरिएको छ ।
ध्वजावाहक लुफ्थान्साले यात्रीहरूलाई विमानस्थल प्रस्थान गर्नुअघि उनीहरूको उडानहरू अझै निर्धारित छन् वा छैनन् भनेर पुष्टि गर्न सुझाव दिएको छ ।