३१ असार २०८३, बुधबार
बढ्यो चिसो

कठ्याङ्ग्रिँदो चिसो र शीतलहरले मध्यतराईको जनजीवन कष्टकर [फोटोफिचर]

माघ ४, २०८०
काठमाडौं
कठ्याङ्ग्रिँदो चिसो र शीतलहरले मध्यतराईको जनजीवन कष्टकर [फोटोफिचर]

अत्यधिक चिसो र शीतलहरका कारण मध्यतराईको जनजीवन कष्टकर बनेको छ ।

सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा एक सातादेखि घाम लागेको छैन भने शीतलहर चलिरहेको छ ।

null

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर– ६ कोचवाखारी टोलका स्थानीय पप्पु मेहताले एक सातादेखि घाम लागेको बताए ।

कठ्याङ्ग्रिँदो चिसोका कारण स्थानीय बासिन्दा आगो तापेर बिहान बिताउन बाध्य छन् ।

null

पशु चौपायालाई समेत बोरा ओढाएर राख्नुपर्ने अवस्था देखिन्छ ।

बिहानको समयमा हुस्सुले यातायात आवागमन समेत प्रभावित भएको स्थानीयले बताएका छन् ।

मध्य र पश्चिम तराईमा हुस्सु र कुहिरो रहेको तथा चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहीवार यो समाचार तयार पार्दासम्म मधेश प्रदेशको राजधानी जनकपुरको न्यूनतम् तापक्रम ९.५ र अधिकतम तापक्रम १५.१ डिग्री सेल्सियस रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

उनका अनुसार बुधवारको न्यूनतम् तापक्रम ११ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस थियो ।

न्यूनतम् तापक्रम ९ डिग्री सेल्सियसको हाराहारीमा रहे पनि घाम नलागेकाले जनजीवन बढी कष्टकर बनेको हो ।

थप तस्वीरहरू :

null

null

null

null

null

null

null

null

तस्वीर: विमल गौतम / लोकान्तर

salt training

कमेन्ट गर्नुहोस्