×

NMB BANK
NIC ASIA

बारपाक सुलिकोटमा बालबालिकामा देखियो रक्तअल्पताको समस्या

काठमाडाैं | माघ ४, २०८०

NTC
Premier Steels

गोरखा–गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’ परीक्षण गर्दा धेरै बालबालिकामा रक्तअल्पताको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले राससलाई जानकारी दिए ।

Muktinath Bank

रक्तअल्पता देखिएकामध्ये  केही बालबालिकामा कडाखालको रक्तअल्पता देखिएको उनले बताए ।  ‘‘रगत जाँच गरिएकामध्ये करिब २८ दशमलव ४८ प्रतिशतभन्दा बढी बालबालिकामा रक्तअल्पता देखिएको छ,’ उनले भने, ‘परीक्षण गरिएका १४ जना बालिका र दुईजना बालकमा कडा खालको रक्तअल्पता देखिएको छ । शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुँदा रगतमा हेमोग्लोबिनको मात्रा हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार जाँच गरिएकामध्ये पाँच सय २५ बालबालिकामा हेमोग्लोबिनको मात्रा १० देखि १२ जी–डीएल रहेको पाइएको छ भने १८ जनामा हेमोग्लोबिनको मात्रा नौ जी–डीएलभन्दा कम रहेको पाइएको छ । हेमोग्लोबिनको मात्रा पुरुषमा १३ दशमलव पाँच  जी÷डीएल  र महिलामा १२ जी–डीएलभन्दा कम भएमा त्यसलाई रक्तअल्पता भएको मानिन्छ ।


Advertisment
Nabil box
Kumari

हेमोग्लोबिनको मात्रा नौ जी–डीएलभन्दा कम भएमा कडा खालको रक्तअल्पता भएको मानिन्छ । ‘हेमोग्लोबिन कमीले शरीरमा रगतको मात्रा घट्ने र दैनिक कामकाज गर्नका लागि बाधा पुग्न सक्छ,’ स्वास्थ्य शाखा अधिकृत भट्टले भने, ‘हेमोग्लाबिनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा अक्सिजनयुक्त रगत पुर्याउने क्षमतामा ह्रास आउने र शरीरलाई आवश्यक पर्ने अक्सिजनको कमी हुन गई श्वासप्रश्वासमा समस्या हुन सक्छ ।’

Vianet communication

गाउँपालिका स्वास्थ्य शाखाले स्थानीयस्तरमा रहेका ल्याबसँग समन्वय गरी मङ्सिर २८ बाट पुस ४ गतेसम्म पालिकाभित्रका सबै विद्यालयका बालबालिकाको हेमोग्लोबिन र रक्त सञ्चार ग्रुपको परीक्षण गरेको थियो । पोषणयुक्त खानेकुराभन्दा बाहिरबाट आयात गरिएका जङ्कफुडको प्रयोगका कारण धेरैजसो बालबालिकामा हेमोग्लोबिनको मात्रामा कमी देखिएको हुनसक्ने स्वास्थ्य शाखा अधिकृत भट्ट बताउँछन् । ‘गाउँपालिकाभित्र पोषण सुधार कार्यक्रम सञ्चालन भए, तर पोषण सुधारका लागि उत्पादन गरिएका खाद्यवस्तु बेचेर चाउचाउ खाने बानीको विकास भयो, कोदोलाई तिस्कार गर्ने, चामलको भात धेरै खाने संस्कार बसेको छ,’ उनले भने, ‘स्थानीय उत्पादनको प्रयोगभन्दा बाहिरबाट ल्याइएको जङ्कफुड प्रयोगले समस्या निम्त्याउँदै गएको छ ।’ 

कार्यक्रमबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा कार्यक्रम बनाउन सकियो भने पालिकाभित्रको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछन् ।

‘यो कार्यक्रम गाउँपालिकाको एउटा सर्भे पनि हो,’ उनले भने, ‘सर्भे गर्दा धेरै बालबालिकामा रक्तअल्पता देखिनु बालबालिकामा पोषणको अवस्था कमजोर भन्ने पत्ता लगाउनु हो, अहिले प्राप्त भएको तथ्याङ्कले आगामी दिनमा योजना बनाएर समस्या समाधान गर्न सजिलो हुन्छ ।’

हेमोग्लोविनको मात्रा सुधारका लागि मुख्यरूपमा मानिस व्यक्तिगत खानपानमा सुधार गर्नुपर्ने स्वास्थ्य अधिकृत भट्टले बताए । कोहीकसैमा परजीवी जुकाका कारणले पनि रक्तअल्पता हुनसक्ने उनको भनाइ छ । गाउँपालिकाले हरेक बर्षको मङ्सिर र जेठमा ६–६ महिनाको फरकमा बालबालिकालाई नियमितरूपमा जुकाको औषधि खुवाउने गरेको छ । ‘‘विकासका कुरा जति गरे पनि हाम्रा बालबालिका स्वस्थ्य भएनन् भने हामी सफल हुन सक्दैनौँ,’ उनले भने, ‘बालबालिका भनेका भोलिका कर्णधार हुन्, हामीले बालबालिकाको बृत्तिविकासमा ध्यान दिनैपर्छ ।’

पालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या धेरै देखिएपछि स्वास्थ्य शाखाले अबदेखि किशोरीका लागि सञ्चालन गर्दै आएको आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रममा स्वास्थ्यकर्मी नै परिचालन गर्ने जनाएको छ । -रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x