११ साउन २०८३, सोमबार

जापानद्वारा अमेरिकाबाट लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद सम्झौता

माघ ४, २०८०
काठमाडौं
जापानद्वारा अमेरिकाबाट लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद सम्झौता

जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ । 

बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सामना गर्दै जापानी सरकारले सन् २०२७ सम्म आफ्नो रक्षा खर्चलाई दोब्बर बनाएर नाटोको मापदण्डअनुसार कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतसम्म बनाउने योजना बनाइरहेको छ । 

एक हजार छ सय किलोमिटरसम्म मार हान्न सक्ने दुई प्रकारका टोमाहकहरू दुई अर्ब ३५ करोड अमेरिकी डलरसम्मको बिक्रीलाई नोभेम्बरमा वासिङ्टनले अनुमोदन गरेको थियो । 

“यो हस्ताक्षरको निष्कर्षका साथ टोमाहक क्षेप्यास्त्र खरिद कार्य सुरु हुनेछ”, टोक्योमा सम्झौतामा हस्ताक्षर भएपछि रक्षा मन्त्रालयका एक अधिकारीले बिहीबार पत्रकारहरूसँग भने, “रक्षा बजेटको सुदृढ कार्यान्वयनमार्फत हामी आफ्नो रक्षा क्षमतालाई व्यापकरूपमा सुदृढ गर्नेछौँ ।”

जापानले अप्रिलदेखि लागु हुने अर्को आर्थिक वर्षका लागि ५६ अर्ब डलरको कीर्तिमानी रक्षा बजेट स्वीकृत गरेको छ । जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ । उक्त संविधानले आफ्नो सेनालाई स्पष्टरूपमा रक्षात्मक  उपायहरूमा सीमित गर्दछ । 

यद्यपि गत वर्ष प्रमुख सुरक्षा तथा रक्षा नीतिहरूलाई अद्यावधिक गर्दा टोक्योले चीनले प्रस्तुत गरेको चुनौतीहरूलाई स्पष्टरूपमा रेखाङ्कित गर्यो । 

अघिल्लो दिनको एक पत्रकार सम्मेलनमा अमेरिकी राजदूत रहम इमानुएलले जापानको नयाँ रक्षा प्रयासको प्रशंसा गरेका थिए ।     

salt training

कमेन्ट गर्नुहोस्