
नेपालका लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कूटर टीभीएस एनटर्कले १ लाख ‘माइलस्टोन’ पूरा गर्न सफल भएको छ ।
२०१८ मा नेपालमा लन्च भएलगत्तै नेपाली ग्राहकहरूमाझ चिनिएको नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कूटर टीभीएस एनटर्क १ लाख बिक्री भइसकेको कम्पनीले जनाएको छ । बलियो र स्टाइलिस लुक तथा स्मार्ट फिचरले गर्दा टीभीएस एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो ।
यसबारेमा जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले भने, ‘हामीले नेपाली ग्राहकहरूको यति धेरै माया र विश्वास पाएका छौँ । लन्च गरेको यति छोटो अवधिमै १ लाख एनटर्कहरू रोडमा गुडिसकेका छन् । यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरुप्रति कृतज्ञ छौँ ।’
टीभीएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय रहेको कम्पनीले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यसको टीभीएस एनटर्क ड्रम आकर्षक मूल्यको कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टीभीएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘टीभीएस एक्सपीमा आरटी–एफआई प्रविधि, भोइस कमान्ड, राइड मोड लगायत ६० वटाभन्दा धेरै स्मार्ट कनेक्ट फिचर उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कूटरहरू उपलब्ध गराउने टीभीएस पहिलो कम्पनी हो ।’
एनटर्कले नेपालमा १२५ सीसीको स्कूटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको शुरूवात गरेको कम्पनीले जनाएको छ । एक लाख स्कूटर बिक्री भएको उपलक्ष्यमा टीभीएस एनटर्क अहिले ३ हजार ९९९ को मासिक किस्तामा किन्न सकिने छ ।