०१ साउन २०८३, शुक्रबार

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त ३२ वर्षपछि समातिए

माघ ४, २०८०
काठमाडौं
मानव बेचबिखन मुद्दाका फरार अभियुक्त ३२ वर्षपछि समातिए

मानव बेचबिखन अनुसन्धान ब्युरोको  टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका(२ भर घएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिए । उनका अनुसार प्रतिवादी तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनि झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बङगालको बागडोग्रामा पुर्याइ भारतीय नागरिकलाई बेचेका थिए । निजलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पगेनीले बताए ।

उनले भने, ‘पीडितको श्रीमान् रोजगारीका सिलसिलामा ब्रुनाईमा रहेको समयमा तामाङले तिम्रो श्रीमान्ले तिमीलाई ब्रुनाई ल्याइदिनु भनि मलाई चिठ्ठी पठाएका छन् भनेर झुक्याएर भारत लगी १० हजार भारुमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्