२२ जेठ २०८३, शुक्रबार

आगामी जेठभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्ने एमाले लुम्बिनीको निर्णय

माघ ५, २०८०
बुटवल
आगामी जेठभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्ने एमाले लुम्बिनीको निर्णय

नेकपा एमाले लुम्बिनी प्रदेशले आगामी जेठसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुमा बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम सचिवालय बैठकले २०८१ जेठ महिनाभित्रै प्रदेशका सबै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशमा १२ वटा जिल्ला छन् । विसं.२०८० सम्मलाई सदस्यता नवीकरण गर्ने समय राख्ने निर्णय भएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

बैठकले प्रदेश सल्लाहकार चयन, जेष्ठ कम्युनिस्ट मञ्चको गठन र ३१ वटा विभागलाई पूर्णता दिएको छ । तर त्यो प्रस्ताव माघ १४ गते बस्ने पूर्ण बैठकले पास गरेपछि सार्वजनिक गर्ने उनले बताए ।

बैठकले माघभित्र सबै जिल्ला तहका र फागुनभित्र पालिका तहका प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, फागुनदेखि जिल्ला अधिवेशन थाल्ने र जेठसम्म पूरा गरिने, आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदवार जिताउने रणनीतिका साथ लाग्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी केन्द्रीय सचिव, लुम्बिनी प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री पद्‌मा अर्यालले निर्धारित समय तालिकामा पार्टीका सबै तहका कमिटीले कार्यसम्पादन पूरा गरेर नमूना प्रदेश बनाउने गरी लाग्न निर्देशन दिइन् ।

उनले सदस्यता नवीकरण, सबै तहका कमिटीलाई क्रियाशील बनाउँदै पार्टी केन्द्रले बनाएको रणनीतिअनुसार जिल्ला र स्थानीय तहको नेतृत्वसँग समन्वय गरेर जान आग्रह गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्